काठमाडाैँ, १ मंसिर । नेपाली कांग्रेसले आजदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्ने भएको छ ।
महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्ताबेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको जानकारी दिए ।
उनले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि योजना बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताए ।






