कलाकार मनोज गजुरेलले मागे माफी

काठमाडौँ, २९ कार्तिक । कलाकार मनोज गजुरेलले चलचित्र ‘ककाकिकी’को प्रचारात्मक प्रस्तुतिबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति क्षमायाचना गरेका छन् ।

आज सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले शनिबार चलचित्रका लागि खिचिएको दृश्य र प्रचारात्मक प्रस्तुतिप्रति दुःख व्यक्त गर्दै धेरै दर्शकमा भ्रम सिर्जना हुन पुगेको बताएका छन् ।

गजुरेलले आफू व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा आस्था राख्ने व्यक्ति भएको स्पष्ट पारेका छन् । यद्यपि, उक्त प्रस्तुतिमा आफू स्वयं पनि सहभागी हुन पुगेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘यसबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी छु ।’

समाजको मनोविज्ञान संवेदनशील रहेको अवस्थामा मनोरञ्जनका नाममा अनावश्यक भ्रम थपिनु उचित नहुने उनको धारणा छ । प्रचारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि उत्तिकै आवश्यक रहने बताउँदै उनले नियत राम्रो हुँदाहुँदै पनि कहिलेकाहीँ निर्णयगत त्रुटि हुन पुग्ने उल्लेख गरेका छन् । यस्ता त्रुटिलाई स्वीकार्नु र सुधार्नु सर्जकहरूको दायित्व भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५ सय

काठमाडौँ, २९ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २८ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा

काठमाडौँ, २८ कार्तिक । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम