छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ: सभापति थापा

काठमाडौँ, २९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको सन्देश दिने बताएका छन् ।

छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यस पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उल्लेख गरेका छन् ।

सभापति थापाले छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यको कामना गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छठ पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने बताएका छन्

काठमाडौँ, २९ कार्तिक । नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले

काठमाडौँ, २९ कार्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका

काठमाडौँ, २८ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा