एमालेका तीन केन्द्रीय कार्यक्रम, मंसिर ५ गते केन्द्रीय कमिटी बैठक

काठमाडौँ, २९ कार्तिक । नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला सकिए लगत्तै  ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र ५ गते केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्न लागेको हो।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला हुनेछ।

त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ। भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिहरूको भेलापछि मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको आचार्यले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ कार्तिक । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ

काठमाडौँ, २८ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २८ कार्तिक । आदिदेव सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको

काठमाडौँ, २८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको जल