१७ जना जुवाडे पक्राउ

काठमाडौँ, २१ कार्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले गएराति करिब ११:५० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उक्त स्थानमा खानतलासी गर्दा प्रहरीले नगद रु १ लाख ५ हजार ६ सय ७०, २८ बुक तास (२४ बुक नखुलेको र ४ बुक खुलेको) तथा ६ थान लङ्गुर बुर्जा बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आज बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्दीय उपाध्यक्ष राम बहादुर थापा (बादल)ले बालेन शाह नेतृत्वको सरकारले पश्चिममा शत्तिहरूकाे

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक । नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा