काठमाडौँ, २० कार्तिक । सुक्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।
स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक संकलन गर्ने संस्था आईक्यूएयरका अनुसार बिहीबारजस्तै आज शुक्रबार बिहान पनि उपत्यकाका विभिन्न स्थानमा वायु प्रदूषणको स्तर अस्वस्थकर तहमा पुगेको छ । आगामी आइतबारसम्मै वायु प्रदूषण अस्वस्थकर तहमा रहने पूर्वानुमान छ ।
आईक्यूएयरले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा आज बिहान वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ छ । हिजो काठमाडौँको मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ सम्म पुगेको थियो । आज बिहान सवा ९ बजेसम्म भने मध्यबानेश्वर क्षेत्रमा १२७ एक्यूआई छ ।
काठमाडौँ महानगरपालिकाको एयर क्वालिटी मनिटरिङ ड्यासबोर्डमा अनुसार स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडिबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँ क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर तहमा छ ।