आजको राशिफल

काठमाडौँ, १९ कार्तिक । २०८३ साल कार्तिक १९ गते बिहीबारको राशिफल ।   

मेष : दिन सामान्य राम्रो छ । खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ । शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ । परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ । लगानीका क्षेत्र सबल छन् । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

वृष : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । शिक्षामा प्रगति हुनेछ । परिवारले साथ दिनेछन् । राजनीति नगर्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन राम्रो छ । आम्दानी र खर्च  बराबर हुने  दिने छ ।  । कतै  रमाइलो यात्रा तय  हुन  सक्छ । साथीभाईसँगको भेटले  मनमा   खुसी  मिल्नेछ ।  प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । सहयोगीको साथ मिल्नेछ । व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा सक्रिय नहुनु उचित हुन्छ । सामाजिक क्षेत्रमा इज्जत बढ्ने छ ।

सिंह : आज धन आर्जन  हुनेछ । तर बोलीका कारण अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ । परिवारको साथ र सहयोगमा अगाडि बढ्ने दिन छ ।

कन्या : दिन राम्रो छ । कृषि सम्बन्धी व्यापारबाट राम्रो आम्दानी हुनेछ । शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक क्षेत्रमा तपाईंको बढुवा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ ।

तुला : दिन सामान्य राम्रो छ । सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । तर  खर्च  भने बढ्ने  देखिन्छ ।

वृश्चिक : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । समाजमा तपाईंको नामको चर्चा हुनेछ। घरभन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन् ।  पुराना साथीको साथ मिल्नेछ ।

धनु : दिन राम्रो छ । शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा बढुवा हुनेछ । पारिवारिक  मेलमिलाप हुनेछ ।

मकर : दिन राम्रो छ । ठुलो लगानी गर्ने भए हिम्मत गर्ने समय आएको छ । विपक्षीको मन जित्न नसक्दा विवाद बढ्नेछ । सामाजिक र आर्थिक क्षेत्रमा राम्रो कामको सुरुवात हुनेछ । छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ । विपक्षीको साथ मिल्नेछ।

कुम्भ : आज जोगिएर काम गर्नुपर्ने  दिन छ । शत्रु बढ्ने  भएकाले सचेत  हुनुहोला ।  स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । श्रमको मूल्य प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट उत्साह थपिने छ । विपक्षी साथीको साथ मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौँ, १८ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार

एजेन्सी, १८ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने आफ्नो प्रशासनको कुनै योजना नरहेको बताएका छन् ।

काठमाडौँ, १८ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका