फिल्म असफलताको सम्पूर्ण जिम्मेवारी आफैँले लिए : दीपकराज गिरी

काठमाडौँ, १७ कार्तिक । कलाकार तथा निर्माता दीपकराज गिरीले यस पटक दसैँमा ल्याएको फिल्म ‘छ माया छपक्कै २’बाट भनेजस्तो सफलता प्राप्त गर्न सकेनन् ।

आज सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले फिल्मको असफलताको सम्पूर्ण जिम्मेवारी आफैँले लिएको बताए । गिरीले मतगणनाको उदाहरण दिँदै जीत हुँदा ढोल पिटेर नाँच्ने र हार्दा गल्लीभित्र लुकेर बस्नुको अर्थ नरहेको बताए । उनले भने ‘छाती खोलेरै हारियो भन्न सक्नुपर्छ ।’

‘यो बारेमा लेख्नु पनि पर्दैनथ्यो होला । तर लेखेको राम्रो भनेर लेख्ने आँट गरेको हुँ’, उनले अगाडि लेखेका छन् ,‘जीत हुँदा ढोल पिटेर नाच्ने र हार्दा चाहि गल्लि भित्र लुसुक्क छिरेर चूपचाप बस्नुको अर्थ पनि छैन, छाति खोलेरै हारियो भन्नसक्नु पर्छ ।’ उनले हारको पनि विश्लेषण गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

‘यो दशैँमा धेरै चलचित्रकर्मी साथीभाइहरूको अनुहारमा खुशीको लहर पनि दौडिएको हुनुपर्छ, किन था छ ?’ उनले अगाडि लेखेका छन्, ‘ हामी मात्रै होइन यी मोराहरू पनि फ्लप भए भनेर !’

फिल्म किन फ्लप भयो भन्ने विषयमा उनले चलचित्र क्षेत्रमा चल्ने दोषारोपणको श्रृंखलालाई पनि व्यंग्यको रुपमा उल्लेख गरेका छन् । फिल्म फ्लप भएपनि हलसम्म पुगेर यो फिल्म हेर्ने दर्शकप्रति भने उनले विशेष आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार