काठमाडौँ, १७ कार्तिक । आन्द्रे रसेल चम्कँदा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दोस्रो जित निकालेको छ ।
आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो ।
ब्याटिङमा अर्धशतक बनाएका रसेलले बलिङमा इनिङ्सको अन्तिम बलमा विकेट लिएपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो ।
विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । अन्तिम बलमा विकेट लिएका रसेलले खेलमा ४ विकेट लिए ।







