कुखुराको मासुको मूल्य घट्यो

काठमाडौँ, १७ कार्तिक ।ब्रोइलर कुखुराको मूल्य निरन्तर ओरालो लागेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सार्वजनिक गरेको पछिल्लो सूचना अनुसार आज मंगलबारदेखि लागु हुने गरी जिउँदो ब्रोइलर कुखुराको खरिद मूल्यमा थप प्रतिकिलो १० रुपैयाँले गिरावट आएको छ ।

नयाँ निर्णयसँगै जिउँदो कुखुराको कोल्डस्टोर खरिद मूल्य घटेर प्रतिलो २ सय ५० रुपैयाँ कायम भएको छ । खरिद मूल्य घटेसँगै संघले काठमाडौँ उपत्यकाभित्र उपभोक्ताका लागि ब्रोइलर कुखुराको तयारी मासुको खुद्रा बिक्री मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँ निर्धारण गरेको छ । यसअघि खुद्रामा कुखुरा मासु प्रतिकिलो मूल्य ३ सय ८५ रुपैयाँ कायम थियो ।

प्राप्त तथ्यांक अनुसार पछिल्लो एक महिना अवधिमा मात्रै जिउँदो कुखुराको मूल्य पाँच पटकसम्म घटेको छ । १६ असोजमा प्रतिकिलो २ सय ९० रुपैयाँ रहेको जिउँदो कुखुराको खरिद मूल्य ९ कात्तिकमा घटेर २ सय ८० रुपैयाँ कायम भएको थियो ।

फेरि ११ कात्तिकमा २ सय ७० र १३ कात्तिकमा २ सय ६० रुपैयाँ कायम भएको मूल्य १७ कात्तिकमा पुन: १० रुपैयाँ घटेर २ सय ५० मा झरेको हो ।

यसरी हेर्दा १६ असोजदेखि कात्तिक १७ सम्म आइपुग्दा पाँच चरणमा जिउँदो कुखुराको खरिद मूल्य प्रतिकिलो कुल ४० रुपैयाँले सस्तो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार