नेप्से ६.६२ अंकले बढ्यो

काठमाडौँ, १७ कार्तिक । सेयर बजार नेप्से सूचक आज ६.६२ अंकले बढेर २६६४.१३ अंकमा आइपुगेको छ । 

आज लगानीकर्ताले लगानी खुम्च्याएर पाँच अर्ब ६५ करोडको मात्रै कारोबार गरेका छन् । गत साता अधिकतम आठ अर्ब ८२ करोडसम्मको कारोबार गरेका लगानीकर्ताले सोमबार घटाएर सात अर्ब १५ करोडको कारोबार गरेका थिए । मंगलबार पुनः घटाएर करिब पाँच अर्बमा झारेका हुन् ।

यो दिन सूचक सामान्य अंकले बढ्दा कारोबारमा आएका कम्पनीमध्ये १४३ वटाको मूल्य बढेको छ भने १२२ वटाको मूल्य घटेको छ । बाँकी १४ वटाको मूल्य स्थिर रह्यो । 

यो दिन शिखर पावर डेभलपमेन्टको सेयर सर्वाधिक ५.९४ प्रतिशतले बढेको छ । बेनी हाइड्रोपावर ५.०४ प्रतिशतको सेयर भने सर्वाधिक घट्नेमा रह्यो । 

यस्तै, आज लगानीकर्ताले ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै कारोबार गरेका हुन् । यो कम्पनीको कुल २३ करोडको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार