नेपाली कम्युनिस्ट र नेकपाबीच एकता

काठमाडौँ, १७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीले एकता प्रक्रियालाई अघि बढाउन १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

कार्तिक १७ गते भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न पाँचकुने तारा राखिनेछ । सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने उल्लेख छ ।

त्यस्तै, नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई नेपाली क्रान्तिको कार्यक्रमका रूपमा अघि बढाउने सहमति भएको छ । एकीकृत पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरणलाई तत्कालीन कार्यनीतिको आधार बनाउनेछ । आन्दोलन मूलतः शान्तिपूर्ण हुने र परिस्थितिअनुसार सडक, संसद् तथा सरकारलगायतका सबै मोर्चा प्रयोग गर्न सकिने सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका महासचिव उर्मा भुजेल, सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार