काठमाडौँ, १६ कार्तिक । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–८, दानीगढमा फसेका भारतीय पर्यटकको उद्धार गरिएको छ ।
आज बिहान ६ पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको छ ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार, शेफोक्सुण्डो तालको अवलोकन सकाएर अपर डोल्पाको यात्रामा हिँडेका भारतीय ६ पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए ।
फसेका पर्यटकमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी थिए ।







