अमेरिकामा जेट दुर्घटना हुँदा नौजनाको मृत्यु

एजेन्सी, १६ कार्तिक । अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौजनाको मृत्यु भएको छ । 

अमेरिकी यातायात मन्त्रीका अनुसार दुर्घटना पाम बीच काउन्टीको धनी आवासीय क्षेत्र क्रेस्टहेभननजिकै स्थानीय समयअनुसार दिउँसो करिब १२ः५० बजे भएको हो । यो स्थान राष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट मार–ए–लागोबाट करिब १४ किलोमिटर टाढा पर्छ ।

दुर्घटनास्थलका तस्बिरमा आवासीय सडकमा ठूलो खाल्डो परेको र त्यहाँ आगोको ज्वालासँगै लियरजेट ६० विमानका टुक्रा छरिएको देखिन्छ ।
अमरिकाको संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार उक्त विमान टेक्सासको अस्टिनबाट उडेर बहामासतर्फ जाँदै थियो । 

सामाजिक सञ्जालमा सार्वजनिक भएको अपुष्ट भिडियोमा उपनगरीय आवासीय सडकमा गाडीहरू गुडिरहेका बेला विमान लगभग ठाडो रूपमा जमिनमा खसेर ठूलो आगोको गोलामा परिणत भएको देखिन्छ ।

फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले दुर्घटनापछि आयोजित पत्रकार सम्मेलनमा दृश्य निकै भयावह रहेको बताए । विमानमा को–को सवार थिए भन्ने अझै स्पष्ट भएको छैन । 

दुर्घटनामा जमिनमा रहेका अन्य व्यक्ति हताहत भएको विवरण प्राप्त नभएको गभर्नर डिसान्टिसले बताए । 

यातायात मन्त्री शोन डफीले घटनालाई भयावह त्रासदी भन्दै एफएएले राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)को अनुसन्धानमा सहयोग गर्न टोली दुर्घटनास्थल पठाउन लागेको जानकारी दिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ कार्तिक । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्

एजेन्सी, १५ कार्तिक । अमेरिकी एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा द वाल स्ट्रिट जर्नलविरुद्ध दायर १० अर्ब डलर क्षतिपूर्तिको मुद्दा खारेज

एजेन्सी, १५ कार्तिक । जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका

एजेन्सी, १५ कार्तिक । जर्मनीका ३४ सहरमा युवाहरूले विभिन्न माग राख्दै राष्ट्रव्यापी प्रदर्शन गरेका छन् । उनीहरूले गुणस्तरीय शिक्षा र