पार्टीका मोर्चालाई जनसेवा र जनश्रमसँग जोड्नुपर्छ : पूर्वमन्त्री भुसाल

ललितपुर, १६ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले जनताका समस्या समाधानमा सक्रिय हुँदै पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्ने बताएकी छन् ।

सो पार्टीको ललितपुर जिल्ला समितिले महालक्ष्मीस्थानमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीका विभिन्न मोर्चालाई जनसेवा र जनश्रमसँग जोड्नुपर्नेमा जोड दिइन्। जनताका स्थानीय समस्या सङ्कलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि पहल गर्नुपर्ने उनको भनाइ थियो।

जनताले स्थानीयस्तरमा पार्टीप्रति व्यक्त गर्ने धारणा र सुझावलाई आत्मसात् गर्दै कमजोरी सच्याउनुपर्ने उनले बताइन् । उनले भनिन्, ‘परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ कार्तिक । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्

एजेन्सी, १५ कार्तिक । अमेरिकी एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा द वाल स्ट्रिट जर्नलविरुद्ध दायर १० अर्ब डलर क्षतिपूर्तिको मुद्दा खारेज

एजेन्सी, १५ कार्तिक । जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका

एजेन्सी, १५ कार्तिक । जर्मनीका ३४ सहरमा युवाहरूले विभिन्न माग राख्दै राष्ट्रव्यापी प्रदर्शन गरेका छन् । उनीहरूले गुणस्तरीय शिक्षा र