काठमाडौँ, १६ कार्तिक । भारतीय जनता पार्टीकी सांसद एवम् अभिनेत्री कंगना रनौत हरर चलचित्रमा फर्किने भएकी छन् ।
१७ वर्षपछि उनी एउटा हरर चलचित्रमा काम गर्दैछिन्, जसमा ‘बाहुबली’ फेम अभिनेता राणा दग्गुबाती पनि जोडिएका छन् । अभिनेता राणा स्वयंले यो प्रोजेक्टको घोषणा गरेका हुन् ।
दिल्लीमा आयोजित ‘हररकन इन्डिया २०२६’ कार्यक्रममा अभिनेता राणा दग्गुबातीले आफ्नो आगामी चलचित्रबारे अचानक ठुलो घोषणा गरे । उनले ‘स्केरी पिक्चर’ नामको हन्टेड चलचित्र निर्माण गर्न लागेको जानकारी दिए ।
आफ्ना फरक शैलीका चलचित्रका लागि चिनिने तेलगु चलचित्र निर्माता एवम् अभिनेता रवि बाबुले यस चलचित्रको निर्देशन गर्नेछन्। चलचित्रमा कंगना रनौत मुख्य भूमिकामा देखिनेछन्। कंगनाले पनि आइतबार आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत यो चलचित्रबारे जानकारी साझा गरेकी छन्।







