आजको मौसम

काठमाडौँ, १६ कार्तिक । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ । 

दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा अहिले हल्का वर्षा तथा हिमपात भइरहेको छ ।

आज देशभर आंशिक बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसैगरी, लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ ।

महाशाखाले चक्रवात मुरासुबारे पनि विशेष बुलेटिन जारी गर्दै उक्त मौसम प्रणालीको कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नदेखिएको जनाएको छ ।

आज मध्यपश्चिम बङ्गालको खाडीमा यो प्रणाली शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको छ । यो प्रणाली निरन्तर पश्चिम-उत्तरपश्चिमातर्फ अघि बढ्दै कार्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा पर्ने नेल्लौर र नरसापुरबिचबाट शक्तिशाली चक्रवाती आँधीका रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ कार्तिक । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्

एजेन्सी, १५ कार्तिक । अमेरिकी एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा द वाल स्ट्रिट जर्नलविरुद्ध दायर १० अर्ब डलर क्षतिपूर्तिको मुद्दा खारेज

एजेन्सी, १५ कार्तिक । जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका

एजेन्सी, १५ कार्तिक । जर्मनीका ३४ सहरमा युवाहरूले विभिन्न माग राख्दै राष्ट्रव्यापी प्रदर्शन गरेका छन् । उनीहरूले गुणस्तरीय शिक्षा र