काठमाडौँ, १५ कार्तिक । काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम २५० मिलिग्राम र नगद रु २० हजार २०० सहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ घर भएका ३९ वर्षीय छिरीङ शेर्पा पक्राउ परेका छन् ।
प्रहरीकाका अनुसार काठमाडौँ महानगरपालिका–३२ जडिबुटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ छ ग्राम ७४० मिलिग्रामसहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ परेकाउनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






