जेनजी आन्दोलनका फरार भएका कैदी पक्राउ

काठमाडौँ, १५ कार्तिक । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेर फरार भएका लागुऔषध मुद्दाका एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१४ का ३८ वर्षीय झरेन्द्र ज्यू ठकुरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई शुक्रबार आफ्नै घरबाट पक्राउ गरेको हो ।

ठकुरी लागुऔषध खैरो हेरोइन १ सय ५८ ग्राम ८ सय मिलिग्रामसहित पक्राउ परेको मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएका कैदी हुन् । अदालतको फैसलापछि उनी काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए । तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ठकुरीलाई आवश्यक प्रक्रिया पूरा गरी कारागार कार्यालय सिरहामा दाखिला गरिएको  प्रहरीले  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको