प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई छानबिन गरी दोषीमाथि कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

पार्टीले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि समेत सरकारलाई निर्देशन दिएको हो ।

बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्ने र न्युज रुममा प्रहरी प्रवेश गर्ने घटनालाई बैठकले गलत भनेको बताए ।

उनले भने, ‘हिजो जुन घटना भयो त्यसमा प्रधानमन्त्री कार्यालयले पनि आफ्नो संलग्नता नभएको बताइरहँदा बैठकले सरकारलाई स्पष्ट रूपमा यो किन, कसरी भयो र कसले गर्‍यो भन्ने छानबिन गर्न र दोषीमाथि कारबाही गर्न निर्देशन दिएको छ ।’ उनले कारबाही गर्दा कुनै पनि सम्झौता नगर्न र शीघ्र कारबाही गरेर परिणाम देखाउन पनि सरकारलाई आग्रह गरे ।  खरेलले रास्वपाले सोसल डेमोक्रेसीलाई आत्मसात् गर्ने स्पष्ट पार्दै प्रेस स्वतन्त्रताप्रति पार्टीको प्रतिबद्धता दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  इन्जिनियर दीपक कुमार साह र नेपालका लागि युरोपेली राजदूतबीच आज शिष्टाचार

काठमाडौँ, ८ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित

काठमाडौँ, ८ मंसिर । नेपाली बजारमा मंगलबार सुनको सामान्य मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको

बेइजिङ, ८ मंसिर । नेपालको विपद्‌पछिको पुनर्निर्माण कार्यमा चीनले सक्रिय सहयोग गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ