वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल रद्द

काठमाडौँ, १४ कार्तिक । अविरल वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा साबिक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ ।

आज नेपाल क्रिकेट संघ (क्यान)ले वर्षाका कारण यी दुई टिमबीचको खेल रद्द भएको जनाएको हो । खेल रद्द भएपछि दुवै टिमले एक/एक अंक बाँडेका हुन् । अब दुवै टिमको समान तीन अंक भएको छ ।

तालिकामा लुम्बिनी र चितवन समान तीन अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । लुम्बिनीले कात्तिक ९ गते भएको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको थियो । 

चितवनले भने विराटनगर किंग्सलाई आठ रनले पराजित गरेको थियो । चितवन रन रेटमा पछाडि पर्दा तालिकाको तेस्रो स्थानमा छ । वर्षाका कारण आजको दोस्रो खेल पनि प्रभावित हुने सम्भावना छ । यस दिन बेलुका ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ कार्तिक । अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसको बढ्दो हवाई

एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति