सञ्चारकर्ममा बाधा नपरोस् भन्ने कुरामा नेपाल प्रहरी दृढ प्रतिबद्ध छ : आईजीपी कार्की

काठमाडौँ, १४ कार्तिक । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्ने बताएका छन् । 

विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी दत्तचित्त भएर सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहने उनले उल्लेख गरेका छन् । 

आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यहाँहरू सबैलाई जानकारी नै छ, वर्षा, सम्भावित हावाहुरी तथा त्यसले सिर्जना गर्न सक्ने परिस्थिति एवं सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्नु अहिले हामी सबैको साझा दायित्व हो । विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी दत्तचित्त भएर सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहनेछ । यस क्रममा यहाँहरूको निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ । यस्तो संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ । साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार