ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, १२ कार्तिक । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–९, बोटेचौर बस्ने २८ वर्षीय विमल राना रहेका छन् ।

गएराति साढे १२ बजेतिर भालुखोलास्थित भित्री सडकखण्डमा भे २ त ५९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै गरेको उक्त ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार मजदुर रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई ट्याक्टरको अगाडिको भागले च्यापेको थियो । दुर्घटनामा संलग्न ट्याक्टर चालक गुर्भाकोट नगरपालिका –२, खरिगैराका ४८ वर्षीय चन्द्र प्रकाश विकलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई ध्यानमा राख्दै सरकारले मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा

काठमाडौँ, १२ कार्तिक । आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा

काठमाडौँ, १२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन

मकवानपुर, १२ कार्तिक ।  शैक्षिक सहकार्य अभिवृद्धिका लागि नेपालको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (इसियुटी) बिच