सरकारी विज्ञापनसम्बन्धी निर्णय बदर गर्ने आदेश तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार

काठमाडौँ, १२ कार्तिक । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको विवादित निर्णय बदर गर्ने अदालतको आदेश अविलम्ब कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

निर्देशनालयले मिति गत असोज १३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सूचना तथा सञ्चार मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखालाई पत्र लेख्दै सर्वोच्चको आदेश कार्यान्वयन गरी सोको जानकारी पठाउन आग्रह गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवबाट मिति २०८२ चैत १८ गते भएको निर्णय र पत्राचारका विरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०