चिरपटले हान्दा एक जनाको मृत्यु

काठमाडौँ, ११ कार्तिक । सुर्खेतमा चिरपट (दाउरा)ले हान्दा चोट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–८, सुन्दरनगर ६२ वर्षीय मानबहादुर राजी रहेका छन् ।

सोही ठाउँका ४० को ‘मैते’ भन्ने टेकबहादुर विकले गएराति ११ बजेको समयमा चिरपट (दाउरा) ले टाउको र बायाँ खुट्टामा प्रहार गरेका थिए ।

घाइते भएका राजीलाई उपचारको लागि प्रदेश अस्पताल पुर्‍याइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि राति थप उपचारको लागि कोहलपुर मेडिकल कलेज, कोहलपुर पुर्‍याइयो । 

यद्यपि, त्यहाँ पनि सुधार नआएपछि उनको मृत्यु भएको हो । कुटपिट गर्ने टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरीरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित

काठमाडौँ, ११ कार्तिक । स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बन्न आग्रह गरिएको छ । स्वास्थ्य आपत्कालीन

 काठमाडौँ, ११ कार्तिक । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको

काठमाडौँ, ११ कार्तिक । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता