आतङ्कवादलाई आर्थिक सहायता दिएको आरोपमा रुसी आईटी विशेषज्ञलाई १३ वर्षको जेल सजाय

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक आईटी विशेषज्ञलाई १३ वर्षको जेल सजाय सुनाएको छ। 

क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले रुसी अनुसन्धानकर्ताहरूलाई उनको चन्दासम्बन्धी विवरण उपलब्ध गराएपछि अदालतले यो सजाय सुनाएको हो।

अदालतको विज्ञप्तिअनुसार सोमबार दोस्रो पश्चिमी जिल्ला सैन्य अदालतले ४९ वर्षीय युरी बेलेन्कीलाई दोषी ठहर गर्दै ३ वर्षको साधारण जेल र त्यसपछिको १० वर्ष कडा खालको कारागारमा बिताउनुपर्ने गरी सजाय सुनाएको छ। रुसी सरकारी समाचार संस्था तासका अनुसार बेलेन्की ‘डीहाउस’ नामक कम्पनीका पूर्व आईटी निर्देशक हुन्। 

सरकारी वकिलहरूले उनलाई १४ वर्षको सजाय माग गरेका थिए। अदालतले उनलाई ५ लाख रुबल (करिब ६ हजार ३ सय अमेरिकी डलर) जरिवानासमेत गराएको छ।

बुल्गेरियाको आवासीय अनुमतिपत्र रहेका बेलेन्कीलाई गत वर्षको सेप्टेम्बरमा मस्को भ्रमणका क्रममा नियन्त्रणमा लिइएको थियो। उनले आफूमाथिका आरोपहरू अस्वीकार गरेका छन् र उनका वकिलले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०

एजेन्सी, ११ कार्तिक । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी

एजेन्सी, १० कार्तिक । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य

एजेन्सी, १० कार्तिक । इजरायलमा आज (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम