गौंथली’ फिल्म हेर्नेको सङ्ख्या ९ लाख ४४ हजार ८१७ पुग्यो

काठमाडौँ, ९ कार्तिक । नेपालभर प्रदर्शनरत फिल्म ‘गौंथली’, ‘पेन्सन पट्टा’ र ‘बा : एक योद्धा’ को पछिल्लो आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले आइतबार राति ११ः५९ बजेसम्मको व्यवसाय समेट्दै सोमबार बक्स अफिस विवरण सार्वजनिक गरेको हो ।

विवरणअनुसार ‘गौंथली’ फिल्म हेर्ने दर्शकको सङ्ख्या अहिलेसम्म ९ लाख ४४ हजार ८१७ पुगेको छ । यो अवधिमा फिल्मले २६ करोड ३ लाखभन्दा बढीको व्यवसाय गर्न सफल भएको छ । डा. कपिल रिजालको निर्देशन रहेको ‘गौंथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।

त्यस्तै, फिल्म ‘पेन्सन पट्टा’ ३ लाख ६० हजार ५९३ जनाले हेरेका छन् । यो अवधिमा फिल्मले १० करोड २३ लाखभन्दा बढी कमाउन सफल भएको छ । माओत्से गुरुङ निर्देशित फिल्म लाहुरे जीवनसँग जोडिएको पेन्सनसँगै परिवार, प्रेम, त्याग, पहिचान र सम्बन्धको कथामा बनेको हो । फिल्ममा दयाहाङसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ ।

फिल्म ‘बा : एक योद्धा’ भने १ लाख २६ हजार १८२ जनाले हेरेका छन् । यो अवधिमा फिल्मले ३ करोड ५१ लाखभन्दा बढी कमाउन सफल भएको छ । नेपाली समाजमा सन्तानको सुखद भविष्यका लागि बाबुले गर्ने जीवनभरको त्याग, सङ्घर्ष र वृद्धावस्थामा आफ्नै सन्तानबाट भोग्नुपर्ने उपेक्षाको मर्मस्पर्शी कथा बोकेको फिल्म हरि लम्सालले निर्देशन गरेका हुन् । फिल्ममा दिव्य देव, सुहाना थापा, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म