जनताले कानुनी राज्यको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्छ : महामन्त्री पौडेल

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन् ।

आज नेपाली कांग्रेस म्याग्दे गाउँकार्य समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले जनताले अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास रहेको उल्लेख गरे ।

राष्ट्रिय जिम्मेवारीलाई बिर्सेर पार्टीकै मात्रै विषयमा अल्झिन नहुने धारणा व्यक्त गर्दै महामन्त्री पौडेलले पार्टीलाई एकताबद्ध बनाउँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्ने विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने धारणा राखे । कांग्रेसले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताउँदै उनले लोकतन्त्रप्रति जिम्मेवार पार्टीका रूपमा कांग्रेस रहेको जिकिर गरे । जनताले कानुनी राज्यको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने उनको भनाइ थियो ।

आगामी स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन नगर्ने स्पष्ट पार्दै पौडेलले आफूहरूलाई सत्ताको लोभ नरहेको बताए। जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले जनताको विश्वास कायम राख्न पार्टीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्र्ने धारणा व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म