काठमाडौँ, ९ कार्तिक । चलचित्र ‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ ।
अनमोल केसी स्टारर चलचित्रको ‘अल्लारे ठिटो आयो’ बोलको गीतमा स्वर रुबै र प्रविण बेडुवालको छ । संगीत निर्माण, मिक्सिङ र मास्टरिङ रूप महानताले गरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा अनमोल र प्रिन्सी खतिवडा फिचर्ड छन् । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर गीत छायांकन गरिएको छ ।
भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोकसहितको केमेस्ट्रि देखाइएको छ । भुवन केसीको निर्देशन रहेको ‘बाटुलो जून’ले ३० देखि ४० दशकको नेपाली परिवेशमा आधारित प्रेम कथा पस्कने प्रयास गरेको छ ।







