फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी, ८ कार्तिक । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको समस्या समाधानमा चासो देखाएका छन् ।

मन्त्री पुनले शनिबार बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोका साथै गत महिना म्याग्दी नदीमा आएको बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचारस्थल सिङ्गा–तातोपानी कुण्डको निरीक्षण गरी स्थानीयसँग छलफल गरेका छन्  । मन्त्री पुनले तातोपानी कुण्ड, पछिल्लो एक हप्तायता निरन्तर सुक्खा पहिरो खसेर मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई बेनीसँग जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनाएको फापरखेतको पहिरो र गण्डकी प्रदेश सरकारले पहिरोको विकल्पमा पक्की पुल निर्माणका लागि प्रस्ताव गरेको ठाउँको निरीक्षण गरेका थिए ।

उनले भने, “फापरखेत पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन गरेको छ, केही दिनअघि पूर्वाधारमन्त्री सुनील लम्सालले पनि निरीक्षण गर्नुभएको छ, बर्खाअघि नै फापरखेत पहिरोमा जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था हटाउछौँ । सिङ्गा–तातोपानी कुण्डको पुनर्निर्माणका लागि लागत अनुमान गरेर बजेट माग गर्नुहोस्, सरकारले सहयोग गर्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म

काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौँबाट मात्रै ९९ जना,