आजको मौसम

काठमाडौँ, ८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशको तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म

काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौँबाट मात्रै ९९ जना,