हेटौँडा, ६ कार्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-८ भावना मार्गमा श्रीमान् मृत फेला परेका छन् भने श्रीमती घाइते अवस्थामा भेटिएकी छन् ।
बिहीबार बिहान करिब १:४५ बजे स्थानीय ४५-४६ वर्षीय शंकर कार्की घरभित्र झुण्डिएको अवस्थामा र उनकी करिब ४० वर्षीया श्रीमती चरिमाया कार्की घाइते अवस्थामा फेला परेका हुन् । शंकर झुण्डिएको अवस्थामा र उनकी श्रीमती भान्साकोठामा घाइते अवस्थामा फेला परेकी थिइन् ।
घाइते चरिमायाको अवस्था मध्यम रहेको र प्रारम्भमा उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । थप उपचारका लागि चितवन लगिएको छ । घटनाको समयमा घरमा श्रीमान्-श्रीमती मात्रै रहेको प्रारम्भिक जानकारी प्राप्त भएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






