लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ, ६ कार्तिक । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय  अनुभव अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ । अग्रवाललाई  कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट पक्राउ गरेको जनाएको छ ।

बरामद गरिएका पटाकाको बजार मूल्य रु दुई लाख १० हजार १३६ बराबरको रहेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान भोलि (शनिबार)देखि सञ्चालन हुने भएको छ ।

काठमाडौँ, ६ कार्तिक । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु

काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २

सुनसरी, ६ कार्तिक । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारबाट यस वर्ष रु २६ करोड २५ लाख