दाङ, ६ कार्तिक । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ । अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट पक्राउ गरेको जनाएको छ ।
बरामद गरिएका पटाकाको बजार मूल्य रु दुई लाख १० हजार १३६ बराबरको रहेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






