सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

काठमाडौँ, ५ कार्तिक । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण सरकारी वेबसाइटहरू बन्द गरिएको हो । 

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले पीएचपी प्रविधिमा देखिएका गम्भीर सुरक्षा जोखिमका कारण विश्वभर पीएचपीमा आधारित प्रणालीहरू प्रभावित भएको बताएको छ । “यी जोखिमले आक्रमणकारीलाई लगइनबिना नै सर्भरमा कोड चलाउन सक्ने बनाउँछन्,” केन्द्रले भनेको छ, “सम्भावित क्षति हुन नदिन सावधानीका रूपमा केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ ।” 

बडादसैँको बिदामा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र तथा सम्बद्ध प्राविधिक टोलीहरू जोखिम नियन्त्रणमा खटिएको केन्द्रले जानकारी दिएको छ । सुरक्षाको निश्चित भएपछि तथा परीक्षण सम्पन्न भएपछि प्रणालीहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको

काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य

काठमाडौँ, ५ कार्तिक । सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,