नेता गौतमको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

गौतमको निधनबाट पार्टीले एक निष्ठावान् अभिभावक तथा देशले राजनीतिक एवं सामाजिक क्षेत्रको एक सच्चा जनसेवक गुमाएको अध्यक्ष ओलीको भनाई छ । अध्यक्ष ओलीले दिवंगत गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता, पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य कमरेड बाबुराम गौतमको निधनको खबरले हाम्रो पार्टी नेकपा (एमाले) मर्माहत भएको छ ।’ अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘वि.सं. २००२ सालमा गुल्मीको थोर्गामा जन्मनुभएका कमरेड बाबुराम गौतमले वि.सं. २०२३ सालमा बनारसमा कमरेड पुष्पलालबाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरी आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । उहाँले आफ्नो कर्मथलो बाँके र नेपालगञ्जलाई बनाएर कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन निरन्तर योगदान पुर्‍याउनुभयो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको

काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य

काठमाडौँ, ५ कार्तिक । सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,