साउदीमा नेपालीको मृत्यु भएको घटनाप्रति परराष्ट्र मन्त्रालयद्वारा दुःख व्यक्त

काठमाडौँ, ५ कार्तिक । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रतिपरराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उक्त घटनाबारे जानकारी दिँदै गहिरो दुःख व्यक्त गरेको छ ।

मन्त्रालयका अनुसार हिजो भएको उक्त ड्रोन आक्रमणलाई निस्तेज पार्ने क्रममा खसेको भग्नावशेष लागेर ती नेपाली नागरिकको ज्यान गएको हो । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक–सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै, घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

नेपालले सर्वसाधारण नागरिक तथा संवेदनशील एवं महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरी हुने कुनै पनि आक्रमणको स्पष्ट शब्दमा भर्त्सना दोहोर्‍याएको छ । मन्त्रालयले आफ्नो सैद्धान्तिक अडानलाई पुनः पुष्टि गर्दै जुनसुकै विवादको पनि शान्तिपूर्ण समाधान खोजिनुपर्ने बताएको छ । यसका लागि संवाद, वार्ता र कूटनीतिक पहलका माध्यमबाट समस्याको समाधान गर्न नेपालले निरन्तर आह्वान गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको

काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य

काठमाडौँ, ५ कार्तिक । सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,