कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा कार दुर्घटना हुँदा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो ।

महोत्तरीबाट सदरमुकाम मलंगवातर्फ आउँदै गरेको बी आर ०६ बी ए क्स ०४३५ नम्बरको कार अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा कारमा सवार गौशाला नगरपालिका–४ का शम्भुनाथ कुमार साह र शुभम कुमार शर्मा सामान्य घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री