विद्युतीय माध्यमको ठगी तत्काल रोक्न भुक्तानी सेवा प्रदायक र सञ्चालकलाई निर्देशक

काठमाडौँ, २९ असोज । चाडपर्वको बिदामा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनाहरूको कारोबार विवरण समयमै उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

शंकास्पद वालेट तथा कारोबार पहिचान गरी तत्काल रोक्का गर्न र अनुसन्धान प्रक्रियालाई सहजीकरण गर्न भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिइएको छ । 

नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले दसैँ, तिहार तथा छठ पर्व २०८३ को सार्वजनिक बिदाको अवधिमा हुनसक्ने साइबर फ्रड तथा स्क्यामको जोखिमलाई मध्यनजर गर्दै यसबारे सूचना जारी गरेको छ ।

यस व्यवस्थाअनुसार भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक संस्थाहरूले अनिवार्य रूपमा तोकिएका जिम्मेवार व्यक्तिको नाम, पद र मोबाइल नम्बर उपलब्ध गराउनुपर्नेछ । साथै, चौबीसै घण्टा अनुगमन हुने ड्युटी इमेल ठेगाना उपलब्ध गराउन राष्ट्र बेंकले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । काठमाडौँको बूढानीलकण्ठबाट जुवा खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन् ।  बूढानीलकण्ठ नगरपालिका–११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको

काठमाडौँ, २९ असोज । सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ बस्ने २०

काठमाडौँ, २९ असोज । जाजरकोटको जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते

काठमाडौँ, २९ असोज । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना प्रहरी जवानहरूलाई प्रहरी