साढे दुई लाखले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ, २९ असोज । दसैँको नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ्दै छ ।

काठमाडौँको कलंकी, कोटेश्वर, बल्खुलगायतका स्थानमा घर फर्कने यात्रुको चाप बढेको छ । उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ्दा विभिन्न राजमार्गमा सवारी चाप समेत बढेको छ । 

घटस्थापनादेखि बिहीबारसम्म साढे दुई लाखभन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । 

दसैँमा यात्रा सहज बनाउन र ट्राफिक नियम पालना गराउन ट्राफिक प्रहरी परिचालन भएका छन् । चालकलाई सजग गराउन उनीहरूको कागजात जाँच गर्ने, सवारीसाधनको अवस्था जाँच्ने काम निरन्तर भइरहेको प्रहरीले जनाएको छ । 

यस वर्ष १० लाख सर्वसाधारणले उपत्यका छाड्ने अनुमान रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । काठमाडौँको बूढानीलकण्ठबाट जुवा खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन् ।  बूढानीलकण्ठ नगरपालिका–११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको

काठमाडौँ, २९ असोज । सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ बस्ने २०

काठमाडौँ, २९ असोज । जाजरकोटको जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते

काठमाडौँ, २९ असोज । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना प्रहरी जवानहरूलाई प्रहरी