बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ, २९ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । 

थाइल्यान्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा. वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच बिहीबार भेटवार्ता भएको थियो ।

भेटवार्तामा अर्थमन्त्री डा. वाग्लेले विपद्पश्चातको पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताहरू अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरे । 

विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग गर्न आपतकालीन अनुदानको छिटो स्वीकृति र ऐक्यबद्धताका लागि मन्त्री वाग्लेले एसियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरे । अर्थमन्त्री डा. वाग्लेसँगको भेटमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए ।

छलफलमा भ्रमण दलमा रहेका अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । काठमाडौँको बूढानीलकण्ठबाट जुवा खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन् ।  बूढानीलकण्ठ नगरपालिका–११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको

काठमाडौँ, २९ असोज । सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ बस्ने २०

काठमाडौँ, २९ असोज । जाजरकोटको जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते

काठमाडौँ, २९ असोज । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना प्रहरी जवानहरूलाई प्रहरी