नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

काठमाडौँ, २९ असोज । बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

स्कन्दको अर्थ सनतकुमार रहेको छ। स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गरिन्छ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । काठमाडौँको बूढानीलकण्ठबाट जुवा खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन् ।  बूढानीलकण्ठ नगरपालिका–११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको

काठमाडौँ, २९ असोज । जाजरकोटको जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते

काठमाडौँ, २९ असोज । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना प्रहरी जवानहरूलाई प्रहरी

काठमाडौँ, २९ असोज । चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् ।