उपत्यकामा ६५८ सवारी चालकमाथि ट्राफिक कारबाही

काठमाडौँ, २८ असोज । काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले कडा निगरानी तथा कारबाही प्रक्रियालाई निरन्तरता दिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ६५८ जना सवारी चालक कारबाहीमा परेका हुन्।

सडक अनुशासन कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ४७ जना र तीव्र गतिमा सवारी हाँक्ने ६६ जना चालक पक्राउ परेका छन्।

यसैगरी, सवारीको यान्त्रिक अवस्था ठीक नभएका ३१ जना, रेड लाइट उल्लङ्घन गर्ने २३ जना, सीसीटीभी निगरानीका आधारमा २३ जना, लेन अनुशासन मिच्ने ९ जना, अनावश्यक रूपमा हर्न बजाउने ८ जना र वन-वे उल्लङ्घन गर्ने २ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार  साना

काठमाडौँ, २७ असोज । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित

काठमाडौँ, २७ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल मेउलीबीच परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ

काठमाडौँ, २७ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले