रामायणको पहिलो भागको प्रदर्शन मिति घोषणा

काठमाडौँ, २६ असोज । ‘रामायण’ चलचित्रका निर्माताहरूले बहुप्रतिक्षित दुई भागको यो महाकाव्यको पहिलो भाग सन् २०२६ को नोभेम्बर ५ मा विश्वभर प्रदर्शन हुने घोषणा गरेका छन् । 

टोलीले भगवान रामको रूपमा रणवीर कपुर, सीताको रूपमा साई पल्लवी, लक्ष्मणको रूपमा रवि दुबे र रावणको रूपमा यश रहेको नयाँ एम्सेम्बल पोस्टर पनि सार्वजनिक गरेको छ। निर्माताहरूले विजयादशमीका दिन चलचित्रको अग्रिम बुकिङ खुला हुने पुष्टि गरेका छन्।

चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै टोलीले एउटा पोस्टर साझा गरेको छ, जसमा लेखिएको छ, ‘नवरात्रको शुभ अवसरमा हामी नयाँ युगको सुरुवातको उत्सव मनाउँदैछौँ। यो राम के युग का आरम्भ है। नमित मल्होत्राको रामायण पार्ट १: सिनेमाघरहरूमा विश्वभर, सबै प्रिमियम ढाँचाहरूमा, ५ नोभेम्बरदेखि अग्रिम बुकिङ विजयादशमीमा खुल्नेछ ।’

नयाँ पोस्टरले रणवीर कपुरको भगवान राम, साई पल्लवीको सीता र रवि दुबेको लक्ष्मणलाई अग्रभागमा राखेको छ भने यशको रावण उनीहरूभन्दा माथि ठडिएको देखिन्छ। यो दृश्यले चलचित्रको विस्तृत पोसाक, सेट र सजावटको झल्को दिन्छ र महाकाव्यका मुख्य पात्रहरूलाई एकसाथ ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । बूढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार

काठमाडौँ, २६ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ । आज सेनाले एक

काठमाडौँ, २५ असोज । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका सदस्यहरुलाई बाढीबाट प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन दिएको छ । सभापति लामिछानेले