जङ्गली च्याउ खाँदा बालिकाको मृत्यु

घोराही, २४ असोज । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए । उनका अनुसार गढवा वनघुस्री निवासी ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए । तीनै जनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो ।

सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराति चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असाेज । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना

हेटौँडा, २४ असोज । अरिंगाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–१, बाराहीचौरका ३० वर्षीय उत्सव गोपालीको

काठमाडौँ, २४ असोज । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी टोलीले

काठमाडौँ, २४ असोज । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु