महासचिव सिवाकोटीद्वारा सरकारलाई चेतावनी: ‘अनेरास्ववियु जस्तोसुकै मूल्य चुकाउन तयार छ’

काठमाडौँ, २४ असोज । नेकपा (एमाले) निकट अनेरास्ववियुको महासचिव अञ्जना सिवाकोटीले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकार निरंकुश तथा लोकतन्त्रालाई नै समाप्त पार्ने खेलमा लागेको भन्दै त्यसको ठूलो मूल्य चुकाउनुपर्ने भन्दै चेतावनी दिनुभएको छ ।

वर्तमान सरकारले केही मिडियाहरुलाई परिचालित गरेर विद्यार्थी संगठनको मुल विषयलाई ओझेलमा पार्ने प्रयास गरेको भन्दै उहाँले भन्नुभएको छ, ‘अहिले त्रिभुवन विश्वविद्यालयमा भएको घटनालाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित हेडलाइनहरूले घटनाको मूल विषयलाई ओझेलमा पार्दै विद्यार्थी नेताहरूलाई गलत रूपमा प्रस्तुत गर्ने र समाजमा भ्रम सिर्जना गर्ने प्रयास गरेको देखिन्छ । घटनाको तथ्य नबुझी निष्कर्षमा पुग्नु र एकपक्षीय प्रचारका आधारमा धारणा बनाउनु उचित हुँदैन ।’

त्रिभुवन विश्वविद्यालयको सिनेटले स्ववियु खारेजि गर्ने प्रस्ताव अघि सारेको प्रति आक्रोस व्यक्त गर्दै उहाँले विद्यार्थीको असहमति र विरोधलाई वेवास्ता गरेर घटनालाई तोडमोड गरी अपकुलपति माथि दुव्र्यवहार भएको भन्दै चित्रित गर्नुले वास्तविक प्रश्नलाई ओझेलमा पार्ने प्रयास गरेको भन्दै आक्रोस जनाउनुभयो । ‘विषयको मूल चुरो त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा स्ववियुको खारेजी गर्ने प्रस्ताव हो । स्ववियु खारेज गर्ने तथा यसको निर्वाचन प्रक्रियालाई अवरुद्ध गर्ने तयारीप्रति विद्यार्थी संगठनहरूले विरोध जनाएका हुन्’, उहाँले भन्नुभयो, ‘विद्यार्थीहरूको असहमति र विरोधलाई बेवास्ता गरेर घटनालाई तोडमोड गरि उपकुलपतिमाथि दुर्व्यवहार भएको विषयका रूपमा चित्रित गर्नुले वास्तविक प्रश्नहरूलाई ओझेलमा पारेको छ । जुन अत्यन्तै निन्दनीय र लोकतन्त्र माथिको प्रहार हो । स्ववियु कुनै व्यक्ति वा राजनीतिक दलको निजी सम्पत्ति होइन, यो आम विद्यार्थीको साझा संस्था हो। विद्यार्थीका हक, अधिकार, स्वतन्त्रता र शैक्षिक हितको प्रतिनिधित्व गर्ने संस्थालाई कमजोर बनाउने, विद्यार्थीको लोकतान्त्रिक अभ्यासलाई संकुचित गर्ने वा खारेज गर्ने कुनै पनि कदम स्वीकार्य हुन सक्दैन ।’

लोतान्त्रिक आन्दोलनको नेतृत्व गरेर आएका संगठनहरुका आवाजलाई बन्द वर्तमान संविधानको नै खिल्ली उडाउने कार्य सरकारले गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘स्ववियु संस्थाको रक्षार्थ उठेको आवाजलाई हतकडी लगाएर दबाउन सकिँदैन। विद्यार्थी आन्दोलनको इतिहास प्रहरी दमनले आवाज दबाउँन सक्दैन यसले प्रतिरोध जन्माउँछ । साथै, स्ववियुको भविष्य र विद्यार्थी प्रतिनिधित्वसँग जोडिएका विषयहरू विद्यार्थी समुदायसँग सार्थक संवाद हुनु पर्छ । हामी स्पष्ट गर्न चाहन्छौँ, विद्यार्थीको आवाज दबाएर स्ववियुको अस्तित्व समाप्त गर्न सकिँदैन। लोकतान्त्रिक अधिकारमाथि अंकुश लगाएर विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन सकिँदैन। हाम्रो संघर्ष कुनै व्यक्ति विशेषविरुद्ध होइनस विद्यार्थीको अधिकार, स्वतन्त्रता, स्ववियुको निरन्तरता र लोकतान्त्रिक मूल्यको रक्षाका लागि हो। हाम्रो आवाज तथ्यमा आधारित, हाम्रो आन्दोलन शान्तिपूर्ण र हाम्रो प्रतिबद्धता विद्यार्थीको हकहितप्रति समर्पित छ । स्ववियुको रक्षा गरौँ १ विद्यार्थी अधिकार सुनिश्चित गरौँ १’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु

काठमाडौँ, २४ असोज । कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान

काठमाडौँ, २४ असोज । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी

काठमाडौँ, २४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October