नेप्से परिसूचक १७.१५ अंकले बढ्यो

काठमाडौँ, २३ असोज । आज सेयर बजार नेप्से परिसूचक १७.१५ अंक बढेको छ ।

यो वृद्धिसँगै नेप्से २५९१ अंकमा कायम भएको छ । कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८३ करोडको भयो ।

आज १८० कम्पनीको मूल्य बढ्दा८९ को घटेको छ । १० कम्पनीको मूल्य स्थिर रह्यो । शुक्रबार सबैभन्दा ठूलो समूह बैंकिङमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.२८ प्रतिशत बढ्यो ।

विकास बैंक ०.६१, फाइनान्स ०.३३, होटल तथा पर्यटन ०.९०, जलविद्युत् ०.७४, लगानी ०.१६, जीवन बीमा ०.४४, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स ०.१७, निर्जीवन बीमा ०.१८, अन्य ०.२८ र व्यापार ०.३७ प्रतिशत बढे ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको ४.९१, सिन्धु विकास बैंकको ४.२२, सोलु हाइड्रोपावर ४.०५, सान्भी इनर्जीको ३.८६ प्रतिशत मूल्य बढ्यो । रिजलाइन इनर्जीको ७.८५, महिला लघुवित्तको २.०९ तथा सयपत्री हाइड्रोपावरको २.०८ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ