आजको मौसम

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागको थोरै स्थानमा र पहाडी भूभागको केही स्थानमा चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेस लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी  भूभागका  एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति कोशी प्रदेश सबै भूभाग तथा देशको हिमाली र पहाडी भूभाग साधरणतया बादल लाग्ने छ ।  देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको तराई भूभागमा बिहानीपख कुहिरो पनि सम्भावना छ ।  देशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । देशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २१ असोज । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर–४२

एजेन्सी, २१ असोज । यमनमा जारी झडपका क्रममा पछिल्लो २४ घण्टामा सरकारी सेनाका जवान र इरानसमर्थित हुथी विद्रोही गरी २७०

एजेन्सी, २० असोज । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ

एजेन्सी, २० असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि गाजामा