काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी ५५ वर्षका पुरुषको शव फेला परेको हो ।
आज बिहान ९: ४५ बजेको समयमा पोखरीमा शव स्थानीयले देखेपछि प्रहरी पुगेर निकालेको हो । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।






