पशुपतिनाथमा सुरक्षा व्यवस्था कडा गर्न माग

काठमाडौँ, २० असोज । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न माग गरेको छ ।

आज परिषद्को मठ–मन्दिर, अर्चक, पुरोहित विभागले जारी गरेको विज्ञप्तिमा पशुपतिनाथ मन्दिरमा परम्परादेखि हिन्दु धर्मावलम्बीबाहेक अन्यलाई गर्भगृह तथा मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको उल्लेख छ। यस्तो व्यवस्था कुनै समुदायप्रति विभेद गर्ने उद्देश्यले नभई मन्दिरको धार्मिक परम्परा, आस्था, संस्कार र विशिष्ट पूजा पद्धतिको संरक्षणका लागि कायम गरिएको परिषद्को भनाइ छ।

तर पछिल्लो समय सार्वजनिक भएको एक भिडियोमा फरक दृश्य देखिएको भन्दै परिषद्ले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपालको संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता र सबै धर्म तथा समुदायप्रतिको सम्मानमा आफूहरू विश्वास गर्ने उल्लेख गर्दै परिषद्ले धार्मिक स्वतन्त्रताको अर्थ अर्को धर्मको विशिष्ट धार्मिक स्थलमा प्रचलित नियम र परम्परा उल्लङ्घन गर्ने अधिकार नभएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति